राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
२४ माघ , काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो । यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो ।
उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
Facebook Comments Box
Related posts:
प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिँदैन : प्रवक्ता शर्मा
बझाङमा भूकम्पका कारण भएको क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्री दाहालको निर्देशन
प्रतिनिधिसभामा अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस
थुनामा रहेका खाँणलाई कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा सम्मान
नेपाली कांग्रेस तिलाेत्तमा नगरकाे नगर सम्मेलन सम्पन्न (भिडियाेसहित)