Share Icon

 २५ माघ, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो ।

साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन्।  यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ।

२०७४ सालकाे निर्वाचनमा ३३ मतले मात्र पराजित भएपछि देवेन्द्र कुमार विष्टले ११ वटा पक्कि पुल निर्माण गरेको बिजुली बत्ति बिस्तार गरेको, टेलीफोन लगायत अन्य धरै काम गरेर जनताको मन र मत दुबै २०७९ सलमा बारबर्दिया नगरपालिका वडा नम्बर ९ मा वडा अध्यक्ष पदमा जित्न सफल वडा अध्यक्ष हुनुुहुन्छ।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष देवेन्द्र कुमार विष्टले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

बारबर्दिया नगरपालिका ९ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी, पसुचाैपाय लगायतलार्इ व्यवस्थित गरेकाे र जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र कुमार विष्टले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि व्यवसाय पेशामा तथा समाजिक सेवामा आबद्ध रहनुभएका बिष्टले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष बिष्टले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको छ । साथै पहिले पनि व्यवसायमा तथा समाजिक सेवामा रहेर काम गरेको मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र कुमार विष्टले स्पष्ट पार्नुभयो।

वडा अध्यक्ष बिष्टले भन्नुभयो, ‘वडामा थोरै बजेट भएको कारणले वडाको चौतर्फि विकास गर्न सहज नभएको साथै नगरबाट बजेट ल्याएर वडाको सम्रग विकास होला नसोचे भयो सानो -सानो विकास त होला नहोला भन्दैन तर वडाबासिलाई विकासको महसुस गराउन म भने नगरको भर नपरेका बहिरी स्रोतसाधनको खोजि गरी कतिपय मेरो सम्बन्ध बिस्तारका कारण पनि वडामा विकासका गतिबिधि गर्न सहज वातावरण सिर्जना भएको छ ।’

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ९ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा देवेन्द्र कुमार विष्टले बताउनुभयो।

वडामा दुई थरीका वडा अध्यक्षको भुमिका हुने बताउदै उहाँले भन्नुभयो, ‘:स्थानिय तहकाे वडाकाे निर्वाचन जिति सकेपछि रातो कलमले साइन गर्ने नगरले जे काम दियो त्यही काम गर्न एक खालको वडा अध्यक्ष रहेको तर म भने नगरको मुख मात्र नताकेर आफु पनि निरन्तर रुपमा स्रोत र साधन खोजी गरी निरन्तर वडाका गतिबिधिमा गर्न अहोरात्र खटिरहेको छु । हेरम कतिको गर्न सकिन्छ सकिदैन सबैको चित्त बुझान त सकिदैन तर पनि निरन्तर रुपमा नमुना वडा बनाउन लागी रहेको छु ।’

वडा खवरसंग कुरा गर्दै उहाँले भन्नुभयो, ‘ पहिलो प्रथमिकता बाटोलाई दिएर अन्य जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडा पर्यटकियमय बनाउने उदेश्य बोकेको बताउनुभयो।

वडा खबरसंग कुरा गरिरहदा पनि वडा अध्यक्ष देवेन्द्र कुमार विष्ट बाटाेकाे अनुगमनका क्रममा हुनुहुन्थ्याे ।          

तस्बिर ………………..

वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन वडा अध्यक्ष बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।

वडा नम्बर ९ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । शासक नभई सेवक भएर काम गर्ने छु । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon