Share Icon

ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित मनुषा टिकासिंह थापा बहुमुखि क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई समिति गठन गरिएको छ ।

बुधवार सम्पन्न विद्यार्थी भेलाबाट शैलेश खनालको नेतृत्वमा २१ सदस्यीय नेविसंघ क्याम्पस इकाइ समिति गठन गरिएको हाे ।

नेविसंघ बर्दियाका अध्यक्ष नगेन्द्र हमालकाे प्रमुख आतिथ्यमा क्याम्पस इकाइ समिति गठन भएकाे हाे ।

आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी बनाउन यो समिति पुर्ण सफल रहोस् भन्दै उहाँले शुभकामनासमेत व्यक्त गर्नुभयाे।

Facebook Comments Box

Share Icon