Share Icon

५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित  माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टेकनाथ गौतम स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय कास्की जिल्ला स्थित माछापुच्छ्रे गाउँपालिका वडा नं.६ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गौतम अहोरात्र खटिरहनु भएको छ ।

माछापुच्छ्रे  गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेकनाथ गौतम वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गौतमले बताउनुभयोे ।

वडा अध्यक्ष गौतम भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

उहाँले भन्नुभयो,  ” पुर्व अध्यक्षको कार्यकालको आधा अधुरा कामहरु सम्पन्न गर्दै कतिपय नँया योजनाहरु सम्पन्न गरिसकेको र बाकी योजनाहरु सुचारु गर्ने योजनामा रहेको छ । ”

उहाँले वडामा शिक्षालाई पहिलो प्राथमिकता दिदै विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीवितरण गरेको, प्राविधिक शिक्षाको लागि र शिक्षकहरुलाई राहात स्वरुप रकम छुट्टाइएकोे छ । त्यसै गरी जेष्ठ नागरिकहरुलाई विभिन्न कार्यक्रमहरु राखेको उहाँले बताउनुभयो ।

महिलाहरुलाई लक्षित गर्दै सिपमुलक तालिमहरु छ महिने सिलाई कटाई तालिम सञ्चालन गरेको वडा अध्यक्ष गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा साना तिना योजनाहरु धेरै रहेका छन् । ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको छौ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon