कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ
२७ माघ, काठमाडाैँ । गोरखा जिल्लाको अजिरकाेट गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।
जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मनोज गुरुङले बताउनुभयो ।
वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न भइसकेकाे छ, भने केही कामहरूअन्तिम चरणमा पुगेकाे सुरु छ । ”
उहाँले भन्नुभयो, ” वडामा कृषिलाई पहिलो प्राथमिकता दिदै कृषिलाई व्यावसायमुखिकरण बनाउनको लागि हामी अहोरात्र खटिरहेका छौ । ”
स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाइ, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष मनोज गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा रहेको सामुदायिक विद्यालयमा घेरा बार लगाउने, विद्यालयको भवन निमार्ण गर्नको लागि वडाको पहलबाट विभिन्न शिर्षक बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । ”
त्यस्तै स्वास्थ्यको क्षेत्रमा विशेष जोड दिदै वडामा रहेको स्वास्थ्य चौकीको मर्मत सम्भार र वाल लगाउनको लागि बजेट विनियोजन गरेको छौ । त्यसै गरी महिलाहरुको लागि जनचेतनामुलक कार्यक्रमहरुको लागि वडाको पहलबाट वजेट विनियोजन गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।
बाटो सडकको स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु निरन्तर भईरहेको छ । कृषि सहकारीलाई प्रर्वधनका लागि केहि रकम विनियोजन गरेका छौ ।
युवाहरुको लागि खेलकुद मैदान निमार्ण गर्ने याेजनामा राखेका छौ । कृषिको लागि सिचाई गर्न कुलोको निमार्ण गर्ने योजनामा रहेको छ । त्यस्तै वडामा खानेपानीको क्षेत्रमा घरघरमा धारा निमार्ण गर्नको लागि बृहत रुपमा काम भईरहेको उहाँले बताउनुभयो ।
त्यस्तै वडामा रहेको प्रधानमन्त्रि स्वरोजगारबाट विनियोजन गरेको कार्यक्रमहरु सम्पन्न भईसकेको उहाँले बताउनुभयो । वडामा रहेको कालिका मन्दिरको मर्मत सम्भार गर्ने योजनामा रहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छौ । ”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







