Share Icon

२७ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष दिलिप नारायण थापा मगर स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मगरले बताउनुभयो ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडाको सबै ठाउँमा खानेपानीको धारा घरघरमा पुराईसकेको छौ । ”

त्यस्तै गरी विद्युतको क्षेत्रमा पहिले काठको पोल रहेको थियो, अहिले उक्त पोल विस्थापित गरेर फलामको पोलहरुको व्यवस्था गरेको अध्यक्ष मगरले बताउनुभयो ।

वडामा रहेको जिल्ला आर्युवेधिक औषधालयको भवनको मर्मत सम्भार गर्दै अहिले नयाँ पक्कि भवनको निमार्ण गर्ने काम सम्पन्न भएको छ ।

उहाँले भन्नुभयो,  ” वडामा पहिलो प्राथमिकता बाटो दिदै सडकको स्तरन्नति गर्दै नाली र ग्राभेल गरी टोल टोलमा बाटो पुराउने काम तीव्र गतिमा भईरहेको छ । ” यस वडामा रहेको भ्यिउ टावरको मर्मत सम्भार गर्नको लागि गाउँपालिका संग समन्वय गरेर कामहरु तीव्र गतिमा भईरहेको छ ।

शिक्षाको क्षेत्रमा विशेष जोड दिदै शैक्षिक स्तरमा गुणस्तरीय शिक्षा कायम गर्न विद्यालयको भवनको मर्मत सम्भारको लागि बजेट विनियोजन गरेको छौ ।

कृषिको क्षेत्रमा माछा पालन गर्ने, बेमौसमी तरकारी खेति गर्ने, पशु पालनका लागि औषधीहरु लिएर सहजै उपचार गरिरहेका छौ ।
महिलाहरु लक्षित गर्दै आयआर्जननको लागि अदुवा, बेसार खेतिको तालिमहरुको व्यवस्था गरेको उहाँले प्रष्ट पार्नुभयो ।

त्यस्तै गरी वडामा धेरै योजनाहरु रहेका छन् । उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ । वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परिरहने छौ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon