Share Icon

हस्ता विष्ट
३१वैशाख,काठमाडाैँ।साविक मालुंगा,जगत्रदेवी,पकवादी,तिन्दोबाटे,तुल्सिभन्ज्याङ,निवुवाखर्क,पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रुपमा घोषणा गरेको थियो ।

स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्विनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित गल्याङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष खर्ग बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

गल्याङ नगरपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष खर्ग बहादुर थापा ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।

गल्याङ नगरपालिका वडा नं. २ मा जम्मा बजेट पालिकाबाट ५५ लाख, प्रदेशबाट ३५ लाख र संघबाट ४ करोड वजेट विनियोजन गरिएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।

वडा अध्यक्ष थापा निर्वाचित हुनभन्दा पहिले वडा सदस्यमा रहेर काम गरे संसगै निरन्तर समाज सेवामा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।

वडा अध्यक्ष थापाले भन्नुभयो, ‘ बाटोलाई पहिलो प्राथमिकता दिनुका साथसाथै वडामा रहेका बाटोको स्तरउन्नति गर्दै टोल टोलमा बाटोहरुको ट्रयाकहरु खोल्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने, विद्यालयको भवन मर्मत सम्भार र विद्यालयको व्यवस्थापनको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा घरघरमा खानेपानीको धारा पुराउने अभियानका साथ बृहत रुपमा कामहरु अगाडि बढाई रहेका छौ । ‘

त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।

त्यस्तै युवाहरुलाई लक्षित गर्दै क्लवहरु गठन गरेर वडा स्तरीय विभिन्न खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेकोे वडा अध्यक्ष थापाले प्रष्ट पार्नुभयो ।

वडा अध्यक्ष खर्ग बहादुर थापा भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon