चुनौतिलाई आत्मसाथ गरेर अगाडी बढ्दै वडा अध्यक्ष साह

Share Icon

३१ बैशाख, काठमाडौं ।   बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९।२९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

यस परिच्छेदमा यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता र विकासका संभावनाहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ।

निरज कुमार साह २०७९ सालको स्थानिय तहको निर्वाचनमा बारागढी गाउँपालिका वडा नम्बर ६ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडामा निर्वाचन हुुनुभन्दा पहिले कृषिमा आबद्ध भएर समाज सेवामा लागी रहनुभएको थियाे ।  २०७४ सालको स्थानिय निर्वाचमा तथा २०७९ सालको स्थानिय निर्वाचनमा मिलाएर दास्राे पटक निर्वाचित वडा अध्यक्ष निरज कुमार साह हुनुहुन्छ ।

निरन्तर रुपमा वडाका गतिबिधि  बढ्ई रहनुभएका साह वडामा बिकास, निर्माणका गतिबिधि तिब्र गतिमा अगाडी बढाई रहनुभएको छ ।

थुप्रै चुनौतिलाई आत्मसाथ गरिरहनुभएका छ ।  हप्तामा दुई पटक कार्यकायमा सेवा प्रदान गर्ने वडामा सचिव नभएको कारण यस्तो अवस्था आएको स्थानियले सास्ती पाईरहेको तथा  वडा नम्बर १ मा वडा नम्बर ६ का बासिन्दा सेवा लिन जानुपर्न अवस्था  रहेकाे गुनासाे गर्नुभयाे ।

पालिकामा यस बिषयमा कुरा राखेकाे तथा समाधान हुने अाशा राखेकाे वडा अध्यक्ष साहले जानकारी दिनुभयाे ।

वडामा बाटाेलाई पहिलाे प्राथमिकता राखेर विकासका गतिबिधि अगाडी सारेकाे वडा अध्यक्ष साहले बताउनुभयाे ।

वडा अध्यक्ष साहले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ।त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा दास्राे पटक वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.