Share Icon

हस्ता विष्ट
९ जेठ, काठमाडाैँ । स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारको मिती २०७३.११.२७ को निर्णयानुसार यस नगरपालिकाको गठन भएको हो ।

संघियता लागु भए संगै साबिकको २०७१ . ०१.२५ को मन्त्रिपरिषदको निर्णय अनुसार चापाकोट, कुवाकोट र रत्नपुर गा.बि.स. मिलेर बनेको चापाकोट नगरपालिका (९ जसमा १४ वटा वडा छन ) मा पकवादी गा.बि. स. को ८ नं वडा, मल्याङ्गकोट गा. बि. स.को ८ वटा वडा, सांखर गा. बि.स.र सेखाम गा. बि. स. थपेर गठन भएको यस नगरपालिका मा हाल १० वडा रहेका छन्।

भौगोलिक रुपले सुन्दर नगरी चापाकोट नगरपालिका जसको क्षेत्रफल १२०.५९ वर्ग कि. मि. र जनसंख्या २६०४२ रहेको छ । यस चापाकोट नगरपालिकाको पुर्वमा तनहुँ जिल्ला,पश्चिममा गल्याङ नगरपालिका स्याङ्गजा, उत्तरमा हरिनाश गाउँपालिका र विरुवा गाउपालिका स्याङ्गजा र दक्षिणमा पाल्पा जिल्ला रहेकोछ ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित चापाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन कुमार खाणले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

चापाकोट नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अर्जुन कुमार खाण ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष खाण भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष खाण निर्वाचित हुनभन्दा पहिले शिक्षण पेसाबाट अबकास प्राप्त पछि निरन्तर समाज सेवामा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष खाणले बताउनुभयोे ।

वडा अध्यक्ष खाणले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा, खानेपानी र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुका साथसाथै वडामा रहेको बाटोकोस्तरउन्नति गर्दै नयाँ बाटोको ट्रयाक खोल्ने, ग्राभेल गर्ने, ढलान गर्ने र गोरेटो बाटोको निमार्ण गर्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने र आधुनिक शिक्षण प्रणालीहरु लागु गर्नको विद्यालयमा कम्प्युटरको व्यवस्था गरेको र विद्यालयको व्यवस्थापन गर्नको लागि वडाबाट बजेट विनियोजन गरेकोे उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र औषधिको व्यवस्थापन गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको वडा अध्यक्ष खाणले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘ कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजन वितरण गरेको, मौरीको घारहरु वितरण गरेको र फलफुलको विरुवाहरु वितरण गरेको छौ । ‘

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘

त्यसै गरी जनजातिहरुलाई लक्षित गर्दैै विभिन्न कार्यक्रमहरुको व्यवस्था गरेको वडा अध्यक्ष खाणले बताउनुभयो । त्यस्तै युवाहरुलाई लक्षित गर्दै वडास्तरीय खेलकुदको लागि खेलकुद सामाग्रीहरु वितरण गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष अर्जुन कुमार खाणले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon