बर्दियाकाे मधुवनमा आगलागी, ३५ लाखकाे क्षती {फाेटाे फिचर }

२९ बैशाख ,काठमाडाैं । मधुवन नगरपालिका वडा नम्बर १ कैलाशे डाँडागाउँ बस्तीमा बिहिवार बेलुका साढे ५ बजेतिर आगलागी हुँदा पुर्ण रुपमा ७ घर जलेर नष्ट भएको छ।
गाउँको एउटा घरमा आगलागी हुँदा ७ घर पूर्णरुपमा जलेर नष्ट भएको र ४ घरमा आंशिक क्षती भएको मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो ।
आगलागीको कारण गौरी रोकायको घरमा विजुली सर्ट भएकोले आगो अनियन्त्रित भइ आगलागीबाट ३५ लाख बराबरको क्षती भएको वडा अध्यक्ष मिन थापाले बताउनुभयो ।
मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको वारुण यन्त्र (दमकल) समयमै आएको कारणले आगो फैलनबाट रोक्न सहज भएकाे तथा आगलागी बाट बच्न तथा समानहरु बचाउनका लागी ४ वटा घरहरु भत्काएकाे २ वटा घर सुरक्षित बचाउन सफल भएको वडा अध्यक्ष मिन थापाले उल्लेख गनुभएकाे छ ।
मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको वारुण यन्त्र (दमकल)सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीयबासीन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएकाे मधुवन नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष थापाले जानकारी दिनुभयाे ।
तत्काल सहजताका लागी पूर्णरुपमा जलेर नष्ट भ्एका ७ घरलाई २५ के.जी. चामल , २ केजी दाल, २ लिटर तेल,२ के. जी नुन, २०० ग्राम खुर्सानी, साबुन लगायत पकाउने सबै भाडाकुडाहरू वडा कार्यालयद्वारा उपलब्ध गरेकाे वडा अध्यक्ष थापाले बताउनुभयाे ।
जिल्ला बिपद व्यवस्थापन काेषबाट जनही १० हजार नगद, २ थान कम्मल,१ थान त्रिर्पाल, झुल २ थान, व्याङकेट जिल्ला प्रशासन कार्यालय, बर्दिया प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालकाे उपस्थितिमा बितरण गरेकाे वडा अध्यक्ष थापाले जानकारी दिनुभयाे ।
वडा नम्बर १ वडा अध्यक्ष थापाले स्थानिय सरकार, जिल्ला बिपद ब्यबस्थापन समीती , नेपाल रेडक्रस, नेपाल प्रहरी, ए.पी.एफ, प्रत्रकार सहित सम्पुण सुर्यपटुवाबासी सहयाेगी हातहरू सबैलाई हार्दिक आभार प्रकट गर्नुभएकाे छ ।
मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट तथा वडा नम्बर १ का वडा अध्यक्ष मिन थापा अवलाेकन गर्दै
मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट तथा वडा नम्बर १ का वडा अध्यक्ष मिन थापा अवलाेकन गर्दै
मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट तथा वडा नम्बर १ का वडा अध्यक्ष मिन थापा अवलाेकन गर्दै
मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट तथा वडा नम्बर १ का वडा अध्यक्ष मिन थापा अवलाेकन गर्दै
घरमा आगलागी
तत्काल सहजताका लागी पूर्णरुपमा जलेर नष्ट भ्एका ७ घरलाई दैनिक खाद्य समाग्री तथा भाडाकुडा वितरण