बर्दियाकाे मधुवनमा आगलागी, ३५ लाखकाे क्षती {फाेटाे फिचर }

Share Icon

२९ बैशाख ,काठमाडाैं ।    मधुवन नगरपालिका वडा नम्बर १ कैलाशे डाँडागाउँ बस्तीमा बिहिवार बेलुका साढे ५ बजेतिर आगलागी हुँदा पुर्ण रुपमा ७ घर जलेर नष्ट भएको छ।

गाउँको एउटा घरमा आगलागी हुँदा ७ घर पूर्णरुपमा जलेर नष्ट भएको र ४ घरमा आंशिक क्षती भएको मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीको कारण गौरी रोकायको घरमा विजुली सर्ट भएकोले आगो अनियन्त्रित भइ आगलागीबाट ३५ लाख बराबरको क्षती भएको वडा अध्यक्ष मिन थापाले बताउनुभयो ।

मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको वारुण यन्त्र (दमकल) समयमै आएको कारणले आगो फैलनबाट  रोक्न सहज भएकाे  तथा आगलागी बाट बच्न तथा समानहरु बचाउनका लागी ४ वटा घरहरु भत्काएकाे २  वटा घर सुरक्षित बचाउन सफल भएको वडा अध्यक्ष मिन थापाले उल्लेख गनुभएकाे छ ।

मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको वारुण यन्त्र (दमकल)सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीयबासीन्दाको सहयोगमा आगो नियन्त्रणमा  लिएकाे  मधुवन नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष थापाले जानकारी दिनुभयाे ।

तत्काल सहजताका लागी पूर्णरुपमा जलेर नष्ट भ्एका ७ घरलाई २५ के.जी. चामल , २ केजी दाल, २ लिटर तेल,२ के. जी नुन, २०० ग्राम खुर्सानी, साबुन लगायत पकाउने सबै भाडाकुडाहरू  वडा कार्यालयद्वारा उपलब्ध गरेकाे वडा अध्यक्ष थापाले बताउनुभयाे ।

जिल्ला बिपद व्यवस्थापन काेषबाट जनही १० हजार नगद, २ थान कम्मल,१ थान त्रिर्पाल, झुल २ थान,  व्याङकेट  जिल्ला प्रशासन कार्यालय, बर्दिया प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालकाे उपस्थितिमा बितरण गरेकाे वडा अध्यक्ष थापाले जानकारी दिनुभयाे ।

वडा नम्बर १ वडा अध्यक्ष थापाले स्थानिय सरकार, जिल्ला बिपद ब्यबस्थापन समीती , नेपाल रेडक्रस, नेपाल प्रहरी, ए.पी.एफ, प्रत्रकार सहित सम्पुण सुर्यपटुवाबासी सहयाेगी हातहरू सबैलाई हार्दिक आभार प्रकट गर्नुभएकाे छ ।

मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट तथा वडा नम्बर १ का वडा अध्यक्ष मिन थापा अवलाेकन गर्दै 

मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट तथा वडा नम्बर १ का वडा अध्यक्ष मिन थापा अवलाेकन गर्दै 

 

मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट तथा वडा नम्बर १ का वडा अध्यक्ष मिन थापा अवलाेकन गर्दै 

मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट तथा वडा नम्बर १ का वडा अध्यक्ष मिन थापा अवलाेकन गर्दै 

 

घरमा आगलागी

 

 

 

 

तत्काल सहजताका लागी पूर्णरुपमा जलेर नष्ट भ्एका ७ घरलाई दैनिक खाद्य समाग्री तथा भाडाकुडा  वितरण 

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.