तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष खुलाल
१५ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित कालिन्चोक गाँउपालिका वडा नं.४ का दिपक खुलाल गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा कालिन्चोक गाँउपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
पछिल्लो समय दोलखा जिल्ला स्थीत कालिन्चोक गाँउपालिका वडा नं. ४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दिपक खुलाल अहोरात्र खटिरहनु भएको छ ।
कालिन्चोक गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष खुलालले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
पछिल्लो समय वडा नम्बर ४ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
वडामा निर्वाचित भए पश्चात वडामा सात वटा टोल विकास समिती गठन गरेर योजनाका कामहरु तीव्र गतीमा भइरहेको उहाँले बताउनुभयो ।
वडामा विशेष प्राथमिकता आफ्नो वडा कार्यालयलाई व्यवस्थीत बनाउनुका साथै खानेपानीमा जोड दिइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले शिक्षा क्षेत्रकोलागी वडामा रहेका चार वटा विद्यालयहरुमा संस्कृत भाषा पठन पाठन सुरु गरेसँगै चारै वटा विद्यालयहरुमा खेलमैदान निर्माण गर्ने योजना बनाएका छौँ ।”
उहाँले वडामा रहेका वडावासीहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै निशुल्क स्वास्थ्य परिक्षण गर्ने काम सम्पन्न गरेको बताउनुभयो । उहाँले आफ्नो कार्यकाल अवधि भर प्रत्येक दुई दुई महिनामा निशुल्क स्वास्थ्य परिक्षण गर्ने योजना रहेको बताउनुभयो ।
त्यसैगरी वडामा रहेका अव्यवस्थीत सडकहरुलाई व्यवस्थीत बनाउने काम केही सम्पन्न भएको र केही काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँले वडामा रहेका चार वटा टोल विकास समितीका केही युवा तथा महिलाहरुलाई पैँतीस दिने तालिम अन्तर्गत बाख्रा पालन, कृषि र फलफुल लगाएतका कार्यक्रमहरु भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउन विभिन्न कार्यक्रम तथा योजनाहरु बनाएका छौँ, वडामा बजारीकरणलाई सहज बनाउन गाडीहरुको व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।”
उहाँ निर्वाचीत हुनु भन्दा अघि नेपाल सरकारको अधिकृत तथा विभिन्न संघ संस्थाहरुमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
अध्यक्ष खुलाल भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”







