Share Icon

१२ बैशाख ,काठमाडाैं ।  सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनका नामबाट नामाकरण गरिएको रामारोशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका मलातिकोट, चाफामाण्डौ, शान्तडा, बाटुलासैन, रामारोशन, भाटाकाटीया र सुतार गा।वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो ।

रामारोशन गाउँपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्।

वडा अध्यक्ष वडा नम्बर २ का वडाध्यक्ष मिन बहादुर परियारले जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकासमा कुनै कठिनाइ नरहेको बताउनुभयो । रामारोशन गाउँपालिका वडा नम्बर २ लाई नमुना वडाको रुपमा स्थापित गर्न वडाध्यक्ष परियार अहोरात्र खटिरहनु भएको छ ।

उहाँ ठूलो मतान्तरले जित हासिल गरेकोले सबै वडावासीको साथ र सहयोग पाइराख्नु भएको छ । वडा कार्यालय नहुदा स्थानियबासीलाई सेवा सुविधा चाहेजस्तो दिन नसकेको अब वडा कार्यालय बनाउने पहल गरिरहेकाेे जानकारी दिनुभयो ।

वडाध्यक्ष परियारलेले भन्नुभयो, ‘म पहिलादेखि नै कृषिमा आवद्ध थिए । कृर्षक जनताको सेवा गर्न पाउदा खुसीको महसुुस र जिम्मेवारी बोध भएको छ जनताको सेवा गर्दा खुसि मिल्छ । वडावासीको सेवा गर्न मलाई राम्रो लाग्छ, वडावासी सेवामा सदैव सर्मपित भईरहने छु ।’

उहाँले भन्नुभयो, ‘ चुनौतीलाई चिर्दै कृषिलाई अधुनिकीकरण गर्ने तर्फ वडा कार्यालय लागि परेको बताउनुभयो ।

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु । वडामा स्वास्थ्य कार्यालय , वडा कार्यालय बनाउन पहल गरिरहेकाे  सके जति बडाकाे विकासमा निरन्तर लागिरहेेकाे छु ।

Facebook Comments Box

Share Icon