Share Icon

♦ उमेश दलामी

१२ बैशाख , बाँके । नेपालगञ्जमा मंगलबार ७ जनालाई कोरोना देखिएको छ।

भारतका विभिन्न ठाउँबाट आएका १ सय १७ जनालाई जाँच गर्दा सात जनामा कोरोना देखिएको हो। उनीहरुलाई नेपालगञ्ज नाकामा जाँच गरिएको थियो।

कोरोना देखिएका सात जनामध्ये ६ जना बाँके र एक जना दाङ जिल्लाका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिकाका ४ जना, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाका एक–एक जना रहेका छन्। उनीहरु भारतको जम्बु काश्मिरबाट आएका हुन्।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना देखिएकाहरुमा सामान्य लक्षण देखिएको र आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयाे।

Facebook Comments Box

Share Icon