युवालाई स्वदेशमै राेक्न राेजगारी सिर्जना गरेकाे छुः अध्यक्ष ईन्द्रमणि दाहाल

Share Icon

२० असाेज, काठमाडाैं । थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश र सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो ।

सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वीभागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु, मुक्ली, देउसा र लोखिम गा. वि. स. मिलेर स्थापित भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका, दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ।

जनसंख्याको आधारमा हेर्दा नगरपालिकापछिको ठूलो गाउँपालिकाको रुपमा स्थापित यस गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ७५ र  क्षेत्रफल  १४४.६० वर्ग किलाेमिटर रहेको छ। यस गाउँपालिकामा विशेष  गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ। साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की र भुजेल लगायतका अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। साेही गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र प्राकृतिक सौन्दर्यताले भरीपूर्ण रहेको छ।

थुलुङ दुधकोशी गाउँपालिका-३ का वडा अध्यक्ष ईन्द्रमणि दाहालले बाह्रै महिना सडक संचालन भइहेकाे बताउनुभएकाे छ। उहाँले वडा खबरसँग कुरा गर्दै वर्षाका कारण केही स्थानमा बिग्रिएका सडकहरूकाे मर्मत सम्भारकाे काम भइरहेकाे पनि बताउनुभएकाे हाे। स्थानीय स्राेतबाट नै खानेपानीकाे वितरण भएकाे र  खानेपानीकाे समस्यालाई समाधान गर्ने पहल भइरहेकाे पनि उहाँले बताउनुभयाे ।

सिंचाइ र खानेपानीकाे  याेजना  संघीय  सरकारले नै बनाएकाे उहाँले जानकारी गराउनुभयाे । माइक्राे हाइड्राे पावर कम्पनीबाट वितरण हुँदै आएकाे विद्युत बन्द भएपछि केही समय समस्या भएकाे उहाँले बताउनुभएकाे हाे । अहिले  केन्द्रीय लाइनबाट विद्युत वितरण भएकाे र यसै वर्षभित्र समस्याकाे समाधान हुने पनि उहाँकाे भनाइ छ ।

कृषि क्षेत्रमा यहाँ धान खेती कम र मकै-काेदाेकाे उत्पादन बढी मात्रमा हुने पनि उहाँले जानकारी गराउनुभयाे । युवालाई स्वदेशमै राेक्नका लागि वडाले सामान्य राेजगारीकाे अवसर सिर्जना गरेकाे पनि उहाँले बताउनुभयाे । यस वडामा प्राथमिक स्वास्थ्य चाैकी रहेकाे र करार कर्मचारीकाे भरमा संचालन भएकाे उहाँकाे भनाइ छ । पर्यटन क्षेत्रकाे सम्भावना भएकाे र अघि बढाउने पहल पनि भइरहेकाे उहाँकाे भनाइ छ । 

साथै सामुदायिक विद्यालयहरू सुधार उन्मुख नै रहेकाे तर केही विद्यालयमा भने विद्यार्थीकाे संख्या कम रहेकाे उहाँकाे तर्क छ । एउटा विद्यालय मर्ज गर्ने याेजना भइरहेकाे पनि उहाँले बताउनुभयाे । भाैतिक संरचना बनाउने काम  पनि भइरहेकाे उहाँले बताउनुभयाे। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि,सडक,पर्यटन र विद्युतलगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ३ लाई पालिकाले ५० लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे। अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष दाहालकाे दावी छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.