Share Icon

२२ जेठ, काठमाडौं ।  रूकुम पूर्व जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा वडा नम्बर १३ का वडा अध्यक्ष हुन् शिविसन सीर्पाली । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ ।

यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् ।

यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनौतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष शिविसन सीर्पालीले बताए । ,

वडा अध्यक्ष शिविसन सीर्पाली नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन् । उनी मनकारी वडा अध्यक्षको परिचित छन् । उनी शनिबार पनि घरमा नबसी वडावासीको घरदैलोमा समस्या सुन्न हिड्छन् । उनी निर्वाचित भएपश्चात यसरी लागेका छन्, कि हरेक शनिबार स्थानीयको घर दैलोमा पुगेर समस्या समाधान गरिरहेका छन् ।

व्यक्तिगत नै किन न होस सहयोग गर्न पछि हटदैनन् वडा अध्यक्ष सीर्पाली । वडा अध्यक्ष शिविसन सीर्पाली निश्वार्थ रुपमा स्थानीयलाई नजिकको सरकार महसुस गराउन सफल जनप्रतिनिधि पनि हुन्।

हुन त वडामा जनप्रतिनिधि आइसकेपछि वडाको फेरिएको मुहार जोसुकैले सहजै थाहा पाउन सक्छन् । तर वडा अध्यक्ष राना भन्छन्, ‘ मेरो एकल प्रयासले मात्र यी काम सम्भव भएको होइन, साथमा निर्वाचित भएर आएका जनप्रतिनिधि साथ र सहयोगले भएको हो।’

वडा स्तरिय विश्व वातावरण दिबस२०८०/०२/२२ मा सरसफाइ कार्यक्रम सम्पन्नकाे तस्बिर 

१ वर्षको कार्यकाल निकै सकारात्मक रहेको वडा अध्यक्ष सीर्पालीको भनाइ छ।  उनले भने, ‘निर्वाचित भएर आएपछि सुरुवाती दिनमा कानुन, कार्यविधि केही नियम तथा निर्देशिकाको अभावका कारण केही समस्याहरू झेल्नु पर्यो । हामी माथि जनताका आशा र अपेक्षा धेरै छ । हामीले अधिकांश कामहरू गर्न बाँकी नै छ।’

वडाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा धेरै कामहरू गरेको छ । उनले भने, ‘यस अवधिसम्म आइपुग्दा हामीले धेरै रचनात्मक कामहरू गर्न सफल भयौं । सुरुवाती दिनमा अप्ठ्यारो महसुस भयो, धेरै संर्घषका बाबजुद अब हामी सजिलो अवस्थामा आइपुगेका छौं।’

उनको नेतृत्वमा एक वर्षमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणको काम भएको छ ।

सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ ।

 गरिबी निवारणका लागि लगु उद्यम बिकास कार्यक्रम वडा स्तरिय एक दिने अभिमुकखीकरण कार्यक्रमकाे तस्बिर 

 संघ देखि विनियाेजन बजेटबाट वडामा वडा कार्यालय भवनमा ३१ लाख बजेट बिनियाेज गरेकाे गाउँपालिका देखि विनियाेजन बजेटबाट वडामा शिक्षा,स्वास्थ्य, खानेपानि, मठमन्दिर, लक्षित वर्ग सबै गरि २५ लाख,प्रधानमन्त्री राेजगार सेवबाट ५ लाखमा बजेट विनियाेजन भएकाे वडा अध्यक्ष  सीर्पालीले जानकारि दिनुभयो। उहाँले भन्नुभयो,’ प्रदेश देखि विनियाेजन बजेटबाट चर्च सभा हल २० लाख, कृषि सडक १५ लाख, अाेख्मा त्रिवेली खण्ड २५ लाख, खैरेखाेला विद्यालय पदमी भवन २७ लाख बजेटमा रहेर वडाका विकास निर्माणका गतिबिधि  गरिएको छ।’

 वडा कार्यालयको भबन र आधारभुत स्वस्थ्य इकाई को भबनकाे काम हुदै गरेकाे तस्बिर ।।।।। 

वडा अध्यक्ष सीर्पालीले भन्नुभयो , ‘शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं ।

जन्मदिनका अवसरमा वडा अध्यक्षले व्यक्तिगत रूपामा झोला वितरण गर्दै गरेको तस्बिर

उनले भने, ‘हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरू गरेका छौं । हामी निर्वाचित पदाधिकारीहरूको कार्यकाल १ वर्ष सकिएको छ । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं ।’

उनले थप्दै भन्रुभयो, ‘गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्नेछौं भनेका थियौं । अहिले ती काम गरिरहेका छौं । खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखा परेको छ । प्रतिकूलताकै बिचमा वडाका धेरै काम गर्न सफल भएका छौं ।  वडामा संघ, प्रदेश, गाउँपालिका गरि १ करोड ९५ लाख चालु आर्थिक बजेट वडामा विनियाेजन भएकाे साथै वडामा चालु आर्थिक बजेटबाट  वडामा ९० प्रतिशत कामहरू सकिसकेका छौं भने वडामा थप कामहरू भइरहेका छन्।’

Facebook Comments Box

Share Icon