वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष तामाङ

Share Icon

२७ माघ काठमाडाैँ । बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बु गाउँपालिका वडा नं. ५ का दिप कुमार तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर हेलम्बु गाउँपालिका वडा नं. ५ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बु गाउँपालिका वडा नं. ५ ले विकासको फड्को मारिहेको छ ।

वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

पछिल्लो समय वडा नम्बर ५ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य, शिक्षा, खानेपानि, कृषि, बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको वडा नम्बर ५ का अध्यक्ष तामाङले बताउनुभयोे ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “ म स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा रहेका बाढी पहीरो पिडीतहरुलाई वडाले सकेसम्म सहयोग गरेर उहाँहरुको दुःख पिडामा मलम लगाउने काम गरेको छु ।”

वडामा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएसँगै स्वास्थ्यको क्षेत्रमा वडामा रहेका स्वास्थ्य चौकीहरुमा अपुग भएका सामाग्रीहरु जोड्दै गुणस्तरीय सुविधा प्रदान गर्ने योजना रहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

त्यसैगरी शिक्षा क्षेत्रमा वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेको उहाँले बताउनुभयो ।

उहाँले कृषि क्षेत्रमा वडामा रहेका खेतीयोग्य जमिनहरुलाई वर्गीकरणका साथै माटो परिक्षण गरेर उत्यादनका लागि वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुलाई कार्यक्रम तथा अनुदानहरु वितरण गर्ने योजना रहेको बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा युवा, महिला तथा लक्षित वर्गहरुलाई सिपमुलक तालिमहरु प्रदान गर्दै घरेलु उत्पादन सामाग्रीहरुमा जोड दिने योजना बनाएका छाैँ ।”

वडामा रहेका सडकहरुलाई दिर्घकालीन समयसम्म सञ्चालन हुनेगरी व्यवस्थापन गर्दै बिजुली बत्तीलाई पनि अगाडी बढाउने योजना रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि व्यवसाय पेशाहरुमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा रहेको खानेपानीको समस्यालाई सामाधान गर्दै आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.