थारू समुदायमा फगौनी पर्व मनाइयो
प्रशिक्षार्थी सिमा चौधरी
७ चैत्र ,राजापुर-२ (जोतपुर) । थारू समुदायमा फगौनी पर्वको रूपमा मनाइने पर्व हाे । राजापुर वाड नं २ जोतपुर गाउँमा आईतबार फगौनी पर्व मनाएका छन् । याे पर्व थारू समुदायमा होली जसलाई ढुर्हेरी भनिन्छ ।
होलीमा फगाउने महिलाहरूले होलिका दहन गरिएको निभेपछि फाग गीत गाउँदै अगुवाको घरमा जाने परम्परा छ।
यस अवसरमा यस वर्ष विवाह सम्पन्न भएको घरबाट बरघरले तोकेअनुसार रकम लिने चलन छ। हरेक घरका सदस्य अनुसार चामल, नुन, तेल, बेसार, तरकारी मसला उठाउने चलन रहेको छ।
सोही दिन नजिकको कुलो, नदी, झरणमा माछा मारेर दिनभरि विभिन्न प्रकारका खाने कुराहरू पकाउने गरिन्छ र साँझ परेपछि सामूहिक रूपमा रमाइलो गर्दै विभिन्न प्रकारका खाने कुरा खाने परम्परा रहेको छ । थारु एउटा पर्वको रूपमा फगौनी मनाइन्छ। स्थानीय खन्टुवा थारूले बताउनुभयो ।