वडावासीको आवश्यकताअनुसार योजनाहरु ल्याएका छौंः अध्यक्ष तामाङ

Share Icon

♦ध्रुब कार्की

१६ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्ला स्थित किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको १२ वटा स्थानीय तहहरु मध्ये एक स्थानीय तह हो । किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित छ ।

यस गाउँपालिकाको नामाकरण वडा नं. ३ मा रहेको एक प्रसिद्ध धार्मिक स्थल किस्पाङ पोखरीको नामबाट परिचित यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो ।

किस्पाङ गाउँपालिका स्थित ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा विनोद तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुलाई दुध उत्पादनमा जोड दिदैँ पशुहरुको बिमा गराइदिने र अनुदानहरु दिने योजना रहेको बताउनुभयो ।

त्यसैगरी वडा नम्बर चारमा प्राकृतिक रुपमा धेरै जडिबुटी पाउने स्थान रहेकोले वडामा टिम्मुर लगाएत लोप हुन लागेका जडिबुटीहरु रोप्न तथा जोगाउन जोड दिएको पनि बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै वडामा कृषि प्राविधीक विद्यालय स्थापना गर्ने उद्देश्य लिएर शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

वडामा खानेपानीको समस्या रहेको ठाउँहरुमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै कामहरु भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।
उहाँले वडामा स्थायी स्वास्थ्य भवन र एम्बुलेन्सको माग गर्दै स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुको लागि किवी तथा स्याउ उत्पादनमा जोड दिदैँ तालिमहरु प्रदान गर्ने योजना बनाएका छौँ ।”

४ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष तामाङले बताउनुभयो ।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडा कृषि क्षेत्र सँग सँगै वडामा रहेका सम्भावित पर्यटन क्षेत्रहरुलाई प्रबद्धन गरेर वडाबासीहरुको समस्यालाई सामाधान गर्दै आफ्नो वडालाई अघि बढाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.