चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै वडा अध्यक्ष ठकुल्ला

१५ बैशाख ,काठमाडाैं । साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा स् नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१र०१र२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा ।
नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट्र वडा संख्या १४ वटा रहेका छन् ।
बसाँफेबगर नगरपालिकास्थित वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष नन्द बहादुर ठकुल्ला। नन्द बहादुर ठकुल्ला।
वडा अध्यक्ष नन्द बहादुर ठकुल्ला स्वतन्त्र वडा अध्यक्ष हुनुहुन्छ । पहिलाे कार्यकालमा पनि वडा सदस्यमा रहेर वडाकाे विकास निमार्णमा प्रत्यक्ष सहभागी हुनुभएकाे थियाे ।
वडा नम्बर १ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा योजनाहरू अगाडि बढाउनु भएको छ ।
वडा अध्यक्ष ठकुल्लाले भन्नुभयो, ‘वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको छ, खानेपानि, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।’
हाम्राे वडाकाे समस्या भनेकाे नै खानेपानि हाे हामी लागी रहेका छाै निरन्तर रूपमा केही अति आवश्यकताका आधारमा पानिकाे सुविधा उपलब्ध गराउने प्रयत्नमा छाै वडा अध्यक्ष ठकुल्लाले बताउनुभयाे ।
त्यसैगरी उहाँले सडक मर्मतको काम पनि भइरहेको बताउनु भयो । त्यस्तै उहाँले आफ्नो वडालाई सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो ।
विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । शिक्षा तथा विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण वडामा चेतनाको स्तर बढेको छ ।
वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण १ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।