Share Icon

१९ फागुन, काठमाडाैं । सुर्यगढी गाउँपालिका १ नम्बर वडा कार्यालय लच्याङले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । वडा कार्यालयले एक औपचारिक कार्यक्रम आयोजना गरी शिक्षक बधाई दिँदै एसईई दिने विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकाे हाे।

शिक्षक सेवा आयोगबाट सम्पुर्ण चरण पार गरी प्राथमिक तहको तृतीय श्रेणी स्थायी पदमा सिफारिस भएका शिक्षक, शिक्षिकालाई बधाई तथा उज्वल भविष्यको शुभकामना गरिएकाे वडा अध्यक्ष राज कुमार तामाङ्गले बताउनुभयो ।

साथै श्री दुधेदेवी माध्यमिक विद्यालय र श्री मंगला देवी माध्यमिक विद्यालयमा अध्यनरत एसईई दिने विद्यार्थीहरुलाई परीक्षा सफलताको शुभकामना तथा हौसला प्रदान गर्नका उक्त कार्यक्रमकाे आयोजना गरिएको वडा अध्यक्ष तामाङ्गले बताउनुभयो ।

श्री दुधेदेवि माध्यमिक विद्यालय र श्री मंगला देबि माध्यमिक विद्यालयमा अध्यनरत २१ जना छात्राछात्रहरुलाई शैक्षिक सामग्री वितरण गरिएको वडा अध्यक्ष तामाङ्गले जानकारी दिनुभयो ।

वडा नम्बर १ काे कार्यालय निरन्तर रुपमा शैक्षिक क्षेत्रमा आमुल परिवर्तन ल्याउने लक्ष्यका साथ आगाडि बढिरहेकाे वडा सचिव दिनेश श्रेष्ठले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘शिक्षाप्रति बालबालिकाे आकर्षण बढाउन वडा कार्यालयले निरन्तर रूपमा विभिन्न कार्यक्रम गरिरहेकाे छ।

 

 

Facebook Comments Box

Share Icon