Share Icon

उमेश दलामी

२१ जेठ ,बाँके ।  बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक महिने एड्भान्स सिलाइकटाइ सीप बिकास तालिम सम्पन्न भएको छ ।

नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालको आर्थिक सहयोग र राप्ती सोनारी गाउँपालिकाको लघु उद्यम शाखाको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको थियो । राप्ती सोनारी गाउँपालिकाको वडा नम्वर ७ बिसम्भरपुरमा सञ्चालित तालिम समापन गरिएको हो ।

महिलालाई सीपमार्फत आर्थिक स्वावलम्बी बनाउने उद्देश्यले सञ्चालित उक्त तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो । एक महिने एड्भान्स सिलाइकटाइ सीप बिकास तालिमको प्रशिक्षक सिता कुमारी थारु थिइन् ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले सिलाइकटाई तालिमले स्वरोजगार बनाउने बताईन । एउटा मेशिनबाट आफ्नो घरको काम पनि गर्न सकिने र सिकेको सीपबाट सट, पाईन्ट लगाइत कपडाहरु सिलाए पैसा कमाउन पनि सकिने भएकाले सिकेको सीपलाई व्यवहारमा उतार्न उनले आग्रह गरिन ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम लखन थारुले एक महिनासम्म सिकेको तालिमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा ल्याउनु पर्ने बताए ।

समापन कार्यक्रममा तालिममा सहभागी महिला उद्यमीहरुलाई २० वटा सिलाई अम्रेला मेशिन, २० वटा कैंची, २० वटा स्केल, २० वटा फित्ता र प्रमाणपत्र समेत वितरण गरिएको लघु उद्यम शाखाकी कर्मचारी मिथ्थु थारुले बताइन् ।

Facebook Comments Box

Share Icon