चिनियाँ नागरिककाे ठगी धन्दा : तिर्न बाँकी १ लाख २० हजारभन्दा बढी देखिएपछि फरार

Share Icon

काठमाडाैं । काठमाडौंको ठमेलस्थित एक होटलमा दुई महिनाभन्दा बढी समय खाए-बसेको पैसा नतिरी एक जना चिनियाँ पर्यटक फरार भएका छन्।

ठमेलको ‘होटल सपना गार्डेन’ मा दुई महिनाभन्दा बढी समय बसेका चिनियाँ पुरुष चन ली आफूले खाए-बसेको रकम नतिरी भागेका हुन्।

होटलका सञ्चालक देवेन्द्र बस्नेतले उनी दुई महिनाभन्दा बढी समय आफ्नो होटलमा बसेको र त्यस अवधिमा खाए-बसेको १ लाख २० हजार रुपैयाँ बढी रकम नतिरी भागेको बताए। बस्नेतका अनुसार उनी एक हप्ताअघि भागेका हुन्।

‘दुई महिनाभन्दा बढी बस्यो। १ लाख २० हजारभन्दा धेरै तिर्न बाँकी छ,’ बस्नेतले भने।

होटलमा कोठा लिएर उनी एक्लै बसेका थिए। उनी दिनभर कोठामै बस्ने र राति-राति बाहिर निस्कने गरेको बस्नेतले बताए।

भाग्न सक्ने आशंकापछि उनलाई उनी बस्दै आएको कोठाबाट सामान ननिकाली बन्द गरेर उनलाई नयाँ कोठामा सारिदिएको बस्नेतले बताए।

‘पैसा नतिरी भाग्ने शंका लागेपछि पुरानो कोठा बन्द गरेर नयाँ कोठामा सारिदिएका थियौं। पैसा लिएर आएपछि मात्रै पुरानो कोठामा जान दिन्छौं भनेका थियौं,’ बस्नेतले भने, ‘त्यसपछि ऊ आएन। पुरानो कोठामा एउटा झोला छ तर सामान केही छैन।’

बस्नेतका अनुसार यस विषयमा प्रहरीलाई पनि जानकारी गराइएको छ। तर, उनी फेला पर्न सकेका छैनन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.