हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठमा

Share Icon

१७ फागुन,काठमाडौँ । हिमालय ट्राभल मार्टको चौथो संस्करण आगामी जेठ २३ देखि २६ (जुन ६ देखि ९) सम्म काठमाडौँमा आयोजना हुने भएको छ ।

प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरद्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमका साथै विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सहकार्यमा मार्ट आयोजना गर्न लागिएको पाटा नेपालले जनाएको छ ।

सन् २०१७ देखि हरेक वर्ष आयोजना हुँदै आएकामा कोभिड–१९ महामारीका कारण सन् २०१९ पछि आयोजना हुन सकेको थिएन ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिलाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।

उहाँले मार्टमा सहभागी भई महामारीपछि पर्यटन व्यवसायको पुनरुत्थान अभियानमा सहयोग गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्नुभयो । “कोभिडले विश्वव्यापीरुपमा यात्रा र पर्यटन उद्योगमा नराम्रो असर पारेको छ ।

नेपालमा पनि यसको असर परेको थियो । अहिले पर्यटन क्षेत्र क्रमशः लयमै फर्किरहँदा हिमालयन ट्राभल मार्टको आयोजनाले नेपाललगायत समग्र हिमालयन क्षेत्रकै पर्यटन पुनरुत्थान र प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास लिएका छौँ”, अध्यक्ष ठाकुरले भन्नुभयो ।

मार्टका सन्दर्भमा पर्यटनमन्त्री सुदन किरातीले विश्वभरबाट आउने अतिथिलाई निमन्त्रणाका साथै शुभकामना सन्देश दिनुभएको पाटा नेपालले विज्ञप्तिमा उल्लेख गरेको छ ।

मन्त्री किरातीले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी भई नेपालले प्रदान गर्ने जीवन्त अनुभवको अनुभूति लिन तथा कोभिडपछिको पर्यटन पुनरुत्थानमा आवश्यक साथ, सहयोग र सहकार्यका लागि आह्वान गर्नुभएको छ ।

मन्त्री किरातीले भन्नुभयो, “महामारीका कारण क्षतविक्षत भएको पर्यटन व्यवसाय पुनःनिर्माणको सङ्घारमा छ । हाम्रा प्रेरणादायी कथाहरु र सुरक्षित पर्यटन गतव्यका कुराले पाहुनाको विश्वास जित्दै नेपाललाई सर्वोत्कृष्ट एवं सुरक्षित पर्यटन गन्तव्यका रुपमा स्थापित गर्ने दृढताका साथ अगाडि बढेका छौँ ।”

अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा रहेको उक्त मार्टमा नेपाल, भारत, पाकिस्तान, चीन (तिब्बत), भुटान र म्यानमारका बिक्रेताहरु तथा युरोप, अमेरिका, अष्टे«लिया, न्यूजिल्याड, एसिया, सि. आई. एस. राष्ट्रहरु, एशिया र अरब राष्ट्रका क्रेताहरु एउटै मञ्चमा भेला हुने आयोजकले जनाएको छ । भेलामा पर्यटन व्यापारसम्बन्धी ज्ञान, सीप र अनुभव आदान–प्रदान गरिन्छ ।

नेपाललाई विश्वसामु ‘हिमालय प्रवेशको द्वार’, साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटनमैत्री गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना हुने मार्ट नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको छ ।

मार्टले छोटो समयमै विश्व पर्यटन बजारका क्षेत्रमा उलेख्य योगदान दिँदै आएको पाटा नेपालले जनाएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.