नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष कार्की

Share Icon

♠ध्रुब कार्की

१७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका स्थित १ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा हिरा बहादुर कार्की निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ हिरा बहादुर कार्की, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

पछिल्लो समय लिखु गाउँपालिका स्थित वडा नम्बर १ मा विकासले फड्को मारीरहेको छ । वडा अध्यक्ष कार्कीले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर १ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा खानेपानीको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा खानेपानीलाई प्राथमिकता दिएसँगै तिन वर्ष भित्र वडामा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु गरीरहेका छौँ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुलाई विभिन्न कार्यक्रम तथा तालिमहरु रहेको बताउनुभयो ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो, “हामीले वडामा रहेका सम्पूर्ण सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गरेर सम्पूर्ण सडकहरुलाई सञ्चालनमा ल्याएका छौँ ।”

उहाँले शिक्षामा निरन्तर गुणस्तरीय शिक्षा दिन वडाका सम्पुर्ण विद्यालयहरु अनुगमन गर्दै सरोकारवालाहरु सँग छलफल गर्दै लागीपरीरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा निमार्णधिन रहेको स्वास्थ्य भवनलाई पुर्ण निर्माण गरेसँगै स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना बनाएका छौँ ।”

१ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायतका समस्याहरुको सामाधानका साथै जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर १ का अध्यक्ष कार्कीले बताउनुभयो ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘१ नम्बर वडा नमुना वडा बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ ।’

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि सामाजिक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष कार्की भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई सुन्दर नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु । यो मेरा लागि चुनौती र अवसर हो ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.