Share Icon

५ जेठ, काठमाडौं ।  देशमा परिवर्तित राजनैतिक परिस्थिति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघीयतामा गई गठन भएका देशभरका ७५३ स्थानीय तहहरू मध्ये शिवनाथ गाउँपालिका देशको सुदूरपश्चिमी भूभाग अन्तरगत सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको पुर्व दक्षिण भागमा अवस्थित रहेको छ । साविकका उदयदेव, शर्माली , शिवनाथ र महाकाली गा.वि.स. लाई मिलाएर बनेको यो गाउँपालिकाको नामाकरण साबिकको शिवनाथ गा.वि.स. मा अवस्थित प्रसिद्ध शिवनाथ देवको नामबाट गरिएको छ ।

पुर्वमा डडेलधुरा जिल्ला, पश्चिममा पन्चेश्वर गाउँपालिका, उत्तरमा मेलौली नगरपालिका तथा दक्षिणमा भारत देशको सिमाना को बिचमा शिवनाथ गा.पा. रहेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा शिवनाथ गाउँपालिका ६ वटा वडामा बिभाजन गरिएको छ।

केशव दत्त कलौनी २०७९ सालको स्थानिय तहको निर्वाचनमा शिवनाथ गाउँपालिका वडा नम्बर ३ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले समाज सेवा र कृषिमा आवद्ध रहनुभएको थियो । निरन्तर रुपमा रहेर निरन्तर समाज सेवा गरिरहेका केशव दत्त कलौनीलाई मन र मत दुवै दिएर स्थानियले २०७९ सालको स्थानिय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचन गर्नुभएको हो ।

उहाले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

चालुआर्थिक वर्षको बजेटबाट ७५ प्रतिशत वडाका गतिबिधि गरिसकेको बाँकी काम पनि चाडै सक्ने तयारी अवस्थामा रहेको वडा अध्यक्ष कलौनीले बताउनुभयो । उहाँले भन्नुभयाे,  ‘स्थानियको साथ र सहयोग गरिरहनुभएको छ ।’

उहाले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ? 

वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon