वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष कलौनी
५ जेठ, काठमाडौं । देशमा परिवर्तित राजनैतिक परिस्थिति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघीयतामा गई गठन भएका देशभरका ७५३ स्थानीय तहहरू मध्ये शिवनाथ गाउँपालिका देशको सुदूरपश्चिमी भूभाग अन्तरगत सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको पुर्व दक्षिण भागमा अवस्थित रहेको छ । साविकका उदयदेव, शर्माली , शिवनाथ र महाकाली गा.वि.स. लाई मिलाएर बनेको यो गाउँपालिकाको नामाकरण साबिकको शिवनाथ गा.वि.स. मा अवस्थित प्रसिद्ध शिवनाथ देवको नामबाट गरिएको छ । पुर्वमा डडेलधुरा जिल्ला, पश्चिममा पन्चेश्वर गाउँपालिका, उत्तरमा मेलौली नगरपालिका तथा दक्षिणमा भारत देशको सिमाना को बिचमा शिवनाथ गा.पा. रहेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा शिवनाथ गाउँपालिका ६ वटा वडामा बिभाजन गरिएको छ।…
