Share Icon

♠ध्रुब कार्की

१७ फागुन, काठमाडौँ । नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्लामा स्थित बेलकोटगढी नगरपालिका साविको दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ्, मदानपुर गा.वि.स. हरु (१–६ र ९) समेतलाई समावेश गरी निर्माण भएको छ ।

ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो ।

बेलकोटगढी नगरपालिका स्थित ११ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा प्रकाश जङ्ग पाण्डे निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ प्रकाश जङ्ग पाण्डे हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

पछिल्लो समय बेलकोटगढी नगरपालिका स्थित वडा नम्बर ११ ले विकासको फड्को मारिहेको छ ।

वडा अध्यक्ष पाण्डेले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छु ।”

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ११ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु नि आउने सेवाग्राहीहरुले एउटा फोटोकपी गर्न निकै समय हिडेर टाढा जानुपर्ने हुनाले उहाँले सेवाग्राहीहरुलाई सहज हुनेगरी वडाबाटै निशुल्क फोटोकपी गर्दिने व्यवस्था मिलाएको बताउनुभयो ।

वडा अध्यक्ष पाण्डेले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रमहरु गर्दै आउनुभएको छ ।

वडामा सडक र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले वडाबासीहरुलाई सहज तथा सामाजिक सन्जालमा जोड्नका लागि सार्वजानीक स्थानहरुमा इन्टरनेट जडान गरेसँगै वडालाई स्वच्छ तथा सफा राख्ने उद्देश्यले मन्दी लगाएत सार्वजानीक स्थानहरुमा डस्बीन पनि राख्ने काम सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा सडक र खानेपानीलाई विशेष प्राथमिकता दिएसँगै आवश्यकताअनुसारको बजेट विनीयोजन गरेर वडामा रहेका सडकहरुलाई अध्यन गर्दै अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई नालि सहित ढलान तथा स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”

त्यसैगरी खानेपानीको क्षेत्रमा वडामा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु भइरहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

अध्यक्ष पाण्डेले भन्नुभयो, “हामीले वडामा रहेको बेलकोटगढी स्वास्थ्य चौकीलाई नगरस्तरीय स्वास्थ्य चौकी बनाउने उद्देश्यले सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजनाका साथ हामी लागि परीरहेका छौँ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै सिचाईको क्षेत्रमा वडामा रहेका कुलाका मुहानहरुलाई ढलान तथा मर्मत गर्ने काम सम्पन्न गरेको बताउनुभयो ।

त्यसैगरी वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयहरुका बसहरु बन्द गर्दै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेको उहाँले बताउनुभयो ।

कृषी, खानेपानी लगायतका समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई प्रत्येक हप्ताको शुक्रबार लैङिगीक हिंसा सम्बन्धी कार्यक्रम गर्ने गरेसँगै गुन्दु्रक, वर्कशप, हाते तथा मिनी ट्राक्टर सिकाउने सिपमुलक तालिमहरु राखेका छौँ ।”

त्यसैगरी वडामा रहेका वृद्धवृद्धाहरुको सहजताको लागि उहाँहरुले पाउने सामाजिक सुरक्षा भत्ता वडा बाटै प्रदान गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि जनता सँग जनप्रतिनिधी भन्ने धारणका साथ सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

११ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाए सँगै समाज चेतना त्यसपछी विकास भन्ने आधारका साथ वडाको समग्र विकास गर्दै लगिने वडा नम्बर ११ का अध्यक्ष पाण्डेले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ११ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ११ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो यो मेरा लागि चुनौती र अवसर हो ।’

Facebook Comments Box

Share Icon