Share Icon

२ माघ, काठमाडाैं।  ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालीका वडा नं ४ का फुर्वा शेर्पा अत्यन्त बहुमत पा्रप्तगरी मैवाखोला गाउँपालीका वडा नं ४ को अध्यक्ष पदमा निर्वाचीत हुनुभएको छ।

उहाँ जनताले रुचाएका जनताको मन मस्तिष्कमा बस्न सफल एक सरल सहज र व्यक्तीत्वका धनी अध्यक्ष हुन् । उहाँ आफनो वडा र समाजको विकास र हितकालागी सधैँ लागी परीरहने अध्यक्ष शेर्पाले बताउनुभएको छ्।

अध्यक्ष शेर्पाले आफ्नो वडामा पहिलो प्राथमिकता सडक र कृषीलाई दिए सँगै विकास योजनाका काम सुरु हुन लागेको बताउनुभएको छ् ।

अध्यक्ष शेर्पाले नयाँ योजनाहरु बनाउने क्रममा सडक निर्माण, महिलाका लागी तालिम, युवाहरुलाई स्वरोजगार तालिम, शिक्षा सम्बन्धी , कृषी सम्बन्धी, योजनाहरु कार्यक्रममा समेटन सफल भएको बताउनुभयो।

वडा अध्यक्ष शेर्पा भन्नुहुन्छ, हामीले समेटेका योजनाहरुलाई सफल बनाउने छौँ, साथै आफ्नो वडालाई सुन्दर र समृद्धि बनाउने लक्ष्य रहेको अध्यक्ष फुर्वा शेर्पाले बताउनुभयो।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन ।

जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु । अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon