Share Icon

४ माघ, काठमाडाैं ।   ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालीका वडा नं ३ मा हालसालै २०७९र८० को वार्षिक विनीयोजन बजेट अनुसार वडाका लागी स्वास्थ्य , शिक्षा ,कृषी, सिचाई लगाएत सडकहरुमा बजेट विनीयोजन गरीएको अध्यक्ष थुङलङले बताउनुभयो र बजेट विनीयोजन भएका योजनाहरुको कार्यान्यन जारी रहेको पनी अध्यक्षले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन भएर आएपछी वडामा स्वास्थ्य ,शिक्षा , सडक , कृषी क्षेत्रमा पनी विकास भएको अध्यक्ष थुङलुङले जानकारी दिनुभयो् ।

कृषी तथा सिचाई सम्बन्धी सशक्त अनुदानबाट मैवाखोला गाउँपालीको तिन वटा वडालाई आलु तथा कफी खेतीकालागी अनुदान छुट्याईएको अध्यक्ष थुङलुङले बताउनु भएको छ ।

उहाँले वडाका सडकहरु एकदमै नाजुक रहेकाले विशेष गरी सडकमा जोड दिएको र वडामा रहेको नमुना मा.वी विद्यालयलाई कपाउन्ड तथा गेट निमार्ण गर्ने बताउनु भएको छ ।

त्यसैगरी मैवाखोला गाउँपालीका वडा नं ३ हुर्ने भ्रष्टचारलाई (अहीले नगरे कहीले विकास गर्ने, भ्रष्टचार नगरौ) भन्ने अभियानका साथ न्युनीकरण गर्दै आफ्नो वडालाई तिव्र गतीमा विकास तर्फ लैजाने अध्यक्ष खगेन्द्र थुङलुङले बताउनुभएको छ ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन ।

जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु । अन्त्यमा वडा नं ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नं ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon