विकासका पूर्वाधारमा जोड दिँदै वडा अध्यक्ष लिम्बु
६ माघ काठमाडाैँ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नम्बर ५ का केशर लिम्बुले गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय मैवाखोला गाउँपालिका वडा नं.५ ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष केशर लिम्बु अहोरात्र खटिरहनु भएको छ पछिल्लो समय वडा नम्बर ५ मा वडावासीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले महिला, शिक्षा तथा कृषिको क्षेत्रमा बढि जोड…
