विकासका पूर्वाधारमा जोड दिँदै वडा अध्यक्ष लिम्बु

Share Icon

६ माघ काठमाडाैँ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नम्बर ५ का केशर लिम्बुले गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय मैवाखोला गाउँपालिका वडा नं.५ ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष केशर लिम्बु अहोरात्र खटिरहनु भएको छ

पछिल्लो समय वडा नम्बर ५ मा वडावासीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँले महिला, शिक्षा तथा कृषिको क्षेत्रमा बढि जोड दिदै बजेट विनियोजन गरिएको बताउनुभयो ।

वडा नम्बर ५ भौगोलिक दृष्टिले दुर्गम क्षेत्रमा पर्दछ । भौगोलिक विकटताले गर्दा विकास निमार्णका कामहरु गर्न कठिनाई भएको केशर लिम्बुको बुझाई छ ।

उहाँले भन्नुभयो, “हाम्रो वडा बिजुली बत्तीको पहुचँबाट पछी परेको वडा हो, हाम्रो वडामा भर्खर मात्रै सानासाना सोलार बत्तीहरु बाल्न सुरु गरिएको छ ।”

उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, “वडामा शिक्षा, स्वास्थ्य, कृषि, सडक लगाएत सिपमुलक तालिमहरुकालागि बजेट बिनियोजन गरेको बताउनुभयो ।

त्यसैगरी वडामा रहेका वृद्धवृद्धा तथा अपाङ्गहरुको सहजताको लागि उहाँहरुलाई दिने सामाजिक सुरक्षा भत्ता उहाँहरको घरघरमा गएर वितरण गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै वडामा रहेका ६८ वर्ष भन्दा माथिका वृद्धवृद्धालाई महिना महिनामा निशुल्क स्वास्थ्य परिक्षण सँगै औषधी पनि वितरण गरेका छौ ।”

अध्यक्ष लिम्बु भन्नुहुन्छ, “म आफ्नो पाँच वर्षीय कार्यकाल भित्र आफनो् वडालाई वातावरण मैत्री बनाउने र वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै सुन्दर, समृद्धि र नमुना वडा बनाउने योजना तथा लक्ष्य रहेको छ ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.