धरान उपमहानगरपालिका वडा नम्बर ४ मा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Share Icon

काठमाडाैं । पाठेघरको जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। धरान उपमहानगरपालिका वडा नम्बर ४ पाठेघरको जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको हाे ।

उपमहानगरपालिकाे पहल तथा बिपि क्याम्पको चिकित्सकहरूको सहयोगमा उक्त शिविर सम्पन्न भएको वडा अध्यक्ष वडा अध्यक्ष धन बहादुर राईले बताउनु भयाे । उहाँले ४५ जनाले सेवा लिएकाे बताउनु भयाे ।

उहाँले शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको जानकारी दिनुभयाे।

स्वास्थ्य शिविरमा महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएको, सेतो पानी बग्नेलगायतको समस्या भेटिएको वडा कार्यालयले जनाएकाे छ ।

कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम रहने चिकित्सकहरूकाे भनाइ छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.