Share Icon

♦ध्रुब कार्की

१५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोटमा जिल्लामा स्थित विदुर नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ ।

विदुर नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३.११.२७ बाट संचालनमा आएको हो ।

१३ वडामा विभाजित विदुर नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूर्ण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर गठन भएको छ ।

विदुर नगरपालिका स्थित ९ नम्बर वडामा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा हरिराम भण्डारी निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय विदुर नगरपालिका स्थित ९ ले विकासको फड्को मारिहेको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

वडा अध्यक्ष भण्डारीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ९ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

वडामा खानेपानीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु भइरहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

त्यसैगरी उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा सिचाईमा समस्या रहेकाले सिचाईको क्षेत्रमा सम्बन्धीत निकायसँग समन्वय गरेर कामहरु अघि बढाउने योजना रहेको बताउनुभयो ।

वडा अध्यक्ष भण्डारीले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन विद्यालयहरुका शिक्षकहरु सँग छलफल गर्दै हामी लागी परीरहेका छौँ ।”

वडामा रहेका युवा, महिला तथा लक्षित वर्गहरुलाई नगरपालिकाबाट सिप मुलक तालिम तथा अन्य कार्यक्रमहरु रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि शिक्षक सँगै व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष भण्डारी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा सिंह दरबारको अधिकार वडाबाटै प्रदान गर्ने योजना सँगै खानेपानीको समस्याका साथै अन्य समस्याहरुको पनि सामाधान गर्दै आफ्नो वडालाई समृद्धी वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ९ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon