Share Icon

♠ सागर परियार 

७ फागुन ,राजापुर । बर्दिया राजापुर नगरपालिका वडा न ४ का समुदाय विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउदा उचित पुरस्कार दिने वडा अध्यक्ष बिदुर पोखरेलले जनाउनु भएको छ ।

राजापुर नगरपालिका वडा. नं. ४ मा रहेका समुदाय विद्यालयहरुले (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप कम्रश.प्रथम, दितिय, तृतियलमई १० हजार, ७ हजार, ५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

यस कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको वडा अध्यक्ष पोखरेलको भनाइ छ ।

वडा न ४ ले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् वडाकाे  तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको वडा अध्यक्ष बिदुर पोख्रले जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नका लागि स्थानीय तहको महत्वपुर्ण भुमिका हुने तथा शिक्षाको ब्यवस्थापन र गुणस्तर सुधारमा हाम्राे वडाले जाेड दिदैँ साे कार्यक्रम ल्याएकाे अध्यक्ष पोख्रले उल्लेख गर्नुभयाे ।

स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको वडाको कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ ।

वडाभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छ’, उहाँलेभन्नुभयो, ‘मापदण्डमा रहेको सूचाङ्कका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

वडा अध्यक्ष ले समुदाय बिधालय का छात्राछात्र हरुले ब्ं ल्याउने लाई १०,००० ब् ल्याउने लाई ७,००० र द्यं ल्याउने लाई ५,००० दर ले नगद पुरस्कार को व्यवस्थापन वडा कार्यालय ले गर्ने बताउनु भएको छ ।

Facebook Comments Box

Share Icon