वडाकाे सम्रग विकास गर्दै अध्यक्ष थापा
३ माघ, काठमाडाैं । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष भाष्कर थापा स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
पछिल्लो समय वडा नम्बर १३ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो ।
पुर्व कार्यकालका आधाअधुरा कामहरु सम्पन्न गर्दै नयाँ योजना तथा कार्यक्रमहरु सम्पन्न गर्न लागि परिरहनु भएको छ । वडामा अहिले सडक बाटो निमार्णका कतिपय ढलान कामहरु सम्पन्न भईसके र केही कामहरु धमाधम भईरहेका छन । धार्मिक तथा सांस्कृतिकको क्षेत्रको लागि मन्दिरमा भजन किर्तनका लागि वडाको पहलमा भजन पाटी र मञ्च निमार्ण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै अपांग परिवारका लागि निशुल्क स्वास्थ्य विमा र अपांग परिचयपत्र बनाउने काम सम्पन्न गरेका छौ । वडाको सहकार्यमा वडामैस्वास्थ्य सेवा उपलब्ध गराउनको लागि स्वास्थ्य सिविर पनि सञ्चालन गरेको र हप्ताको तिन स्वास्थ्य चौकीमा डाक्टर बस्ने व्यवस्था गरेका छौ ।
त्यस्तै गुणस्तरीय शिक्षाको लागि विद्यालयमा दक्ष कर्मचारी शिक्षकको व्यवस्था र विद्यार्थाीलाई खाना व्याग, स्टेस्नरी सामानहरुको व्यवस्था गरेका छौ । कृषि क्षेत्रलाई पनि त्यति नै प्राथमिकता दिएर कृषि कार्यक्रमहरु, पशु मेला प्रदशनी,पशु स्वास्थ्य परिक्षण, महिला आयआर्जनका कार्यक्रमहरु, बालबालिका कार्यक्रमहरु तथा दलित आयआर्जनका कार्यक्रमहरु राखेका छौ ।
त्यसै गरी विजुल्लि बत्तिको क्षेत्रमा पोल बत्तिहरुको मर्मत सम्भारको कामहरु भईरहेको छ । खानेपानिको क्षेत्रमा सबै वडाको घरघरमा धारा पुराउने काम सम्पन्न गरेका छौ । त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी वडामा निरन्तर लागि परेका छौ ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर १३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







