वडाबासीहरुको समस्याको समाधान गर्दै आएका छाैँ : अध्यक्ष गुरूङ

Share Icon

१८ असाेज, काठमाडाैँ । कास्की जिल्लाको उत्तर पूर्वमा अबस्थित मादी गाउँपालिका साविकका नामार्जुङ, पार्चे, सिल्दजुरे, थुमाकोडांडा, भाचोेक, मिजुरेडाँडा, सैमराङ, कालिका ६–९ वडाहरु, माझठाना २ र ३, हंसपुर गाविसका ५ र ८ समेटी १२ वटा वडाहरु कायम हुने गरि नेपाल सरकारले मिति २०७३ फाल्गुण २७ गते नेपाल राजपत्रमा प्रकाशन गरी आधिकारिक रुपमा मादी गाउँपालिका घोषणा गरिएको हो ।

यो गाउँपालिका उत्तर तर्फको प्रसिद्ध अन्नपूर्ण हिमश्रृंखलाको काखमा अबस्थित छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको दक्षिणी ढालबाट उत्पत्ति भएको सप्तगण्डकी नदीको सहायक नदीको रुपमा रहेको मादी नदी यस गाउँपालिकाको समृद्धिको प्रमुख आधार रहेकाले यसै नदीको नामबाट मादी गाउँपालिका नाम रहन गएको हो।

वि.सं. २०३२ अगाडि हाल मादी गाउँपालिकाका मादी नदी पूर्वका बरालडांडा गाँउबाहेक सबै भाग लमजुङ जिल्ला अन्तर्गत रहेका थिए । मादी गाउँपालिका नेपालकै मध्य विन्दु रहेको गाउँपालिका हो ।

गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेम बहादुर गुरूङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष प्रेम बहादुर गुरूङ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरूङले बताउनुभयोे ।

वडा अध्यक्ष गुरूङले भन्नुभयो, “पहिलो वर्षमा रहेका आधा अधुरा कामहरु सम्पन्न गर्नको लागि निरन्तर लागि परेका छौ ।”

वडा अध्यक्ष गुरूङले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु गरेका छौँ ।”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेका छौ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ ।

वडा अध्यक्ष प्रेम बहादुर गुरूङले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.