Share Icon

१८ असाेज, काठमाडाैं । राप्ती सोनारी गाउँपलिकाकाे जनसंख्याको हिसाबले नेपालकै सबै भन्दा ठूलो गाउँपालिका हो ।

साेही गाउँपालिकाकाे जनसंख्या ५९ हजार ९ सय ४६ रहेकाे छ । कुल क्षेत्रफल १०४१.७३ वर्ग किलाेमिटर रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ ।

साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । गा.पा मा समावेश भएका साविक गा.वि.स. हरु–खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी रहेका छन् ।

राप्ती सोनारी गाउँपलिका-५ का वडा अध्यक्ष झगरू थारूले वैदेशिक राेजगारीमा जाने युवालाई राेक्ने प्रयास भइरहेकाे बताउनुभएकाे छ । विशेष गरेर कृषि क्षेत्रलाई प्रभावकारी बनाएर युवाई राेजगारीकाे अवसर प्रदान गर्ने याेजना भइरहेकाे उहाँले बताउनुभएकाे हाे । कृषि क्षेत्रमा आधुनिक तरिकाले खेती भइरहेकाे उहाँले बताउनुभयाे। साथै यस वडामा रहेका ६ वटा सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तरकाे सुधार गर्ने प्रयास भइरहेकाे उहाँले बताउनुभयाे ।

खानेपानीकाे समस्या एक वर्षभित्रमा पूरा हुने पनि उहाँले बताउनुभएकाे छ । साेही वडामा विद्युत र इन्टरनेटकाे सुविधा पनि  भएकाे उहाँले बताउनुभयाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ । स्वास्थ्य क्षेत्र तुलनात्मक हिसाबले राम्राे भइरहेकाे पनि उहाँकाे भनाइ छ।

यस वडामा पर्यटन क्षेत्रकाे सम्भावना भएकाे तर बजेट अभावका कारणले अगाडि बढाउन कठिन भएकाे पनि उहाँले बताउनभयाे । विशेष गरेर यहाँ भएका मठ-मन्दिरहरूकाे संरक्षणका र व्यवस्थापन गरेर पर्यटन क्षेत्रलाई अगाडि बढाउने याेजना रहेकाे उहाँले बताउनुभयाे ।

अधिकांश सडक कच्ची भएकाे तर सडक बाह्रै महिना संचालन भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे । आधुनिक तरिकाले खेती  लगाउने गरिएकाे पनि उहाँले बताउनुभयाे ।

वर्षाकाे समयमा खहरे खाेलाहरूले समस्या उत्पन्न गर्ने गरेकाे उहाँकाे भनाइ छ। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ५ लाई पालिकाले ८५ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे ।अन्त्यमा निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्य रहेकाे उहाँकाे दावी छ ।

Facebook Comments Box

Share Icon