वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष अधिकारी
हस्ता विष्ट
२४वैशाख, काठमाडाैँ । आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो ।
यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ ।
गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पवन काजी अधिकारीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
आँधिखोला गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पवन काजी अधिकारी ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनुभएको छ ।
आँधिखोला गाउँपालिका वडा नं. १ मा जम्मा बजेट पालिकाबाट ३२ लाख वजेट विनियोजन गएिको वडा अध्यक्ष पवन काजी अधिकारीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई,धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयोे ।
वडा अध्यक्ष अधिकारीले भन्नुभयो, ‘ वडाबाट पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र बाटोलाई दिए साथसाथै वडामा रहेको सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, भौतिक संरचना निमार्ण गर्ने र विद्यालयको वाल बनाउने काम गरिएको छ । ‘
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँले बताउनुभयो ।
त्यसै गरी बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने , ढलान र कालोपत्रे गर्ने कामहरु सम्पन्न गरेको वडा अध्यक्ष पनेरुले जानकारी दिनुभयो ।
त्यस्तै शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, शैक्षिक गुणस्तर ल्याउनको लागि विशेष जोड दिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘ वडामा कृषिलाई प्रर्वधन गर्दै कृषि उत्पादन वद्धि गर्नको लागि सिचाईको लागि बोरीङको व्यवस्था गरेको र पक्कि कुलोको निमार्ण गरेका छौ । ‘
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरेर तालिमलाई व्यवसायमुखिकरण गर्ने योजनामा रहेको वडा अध्यक्ष अधिकारीले प्रष्ट पार्नुभयो ।
युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा वडाबासीहरुको घर घरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेको छौ । ‘
वडा अध्यक्ष पवन काकी अधिकारीले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







