१९ असाेज, काठमाडाैं । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा पृथ्वीसुब्बा गुरुङ पक्षका उम्मेदवार नवराज शर्मा विजयी हुनुभएकाे छ ।
बिहीबार राति ११ बजे सार्वजनिक भएको मत परिणामअनुसार पदाधिकारीमा उहाँको प्यानलै विजयी भएको हाे। शर्माले प्रतिद्वन्द्वी महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गर्नुभएकाे हाे ।
शर्माले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभएकाे प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले बताउनुभयाे । उपाध्यक्षमा मिनप्रसाद गुरुङले ५ सय ३४ र बाबुराम सुनारले ३ सय ७२ मत प्राप्त गर्नुभएकाे छ । सचिवमा धनञ्जय दवाडीले ५ सय २० र रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरेका छन् ।
उपसचिवमा दामबहादुर बिकले ४ सय ९९ र सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गर्नुभएकाे छ।उपसचिव महिलामा मञ्जु अधिकारी प्यासीको ५ सय ३१ र मीना गुरुङको ३ सय ६५ मत आएको निर्वाचन कमिटीले जनाएको छ ।
Related posts:

किन चीन धाइरहन्छन् नेपालका कम्युनिष्ट नेताहरु ?

समग्र वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष पाण्डे

"वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पाैडेल अहोरात्र खटिरहनुभएको छ ''

स्वास्थ्य मन्त्री बन्ने तयारीमा रहेकी डा. ताेसिमा कार्कीलाई कसले राेक्न खाेज्दै छ ?

