Share Icon

१९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार भूकम्प प्रभावित बझाङ जिल्लामा जानु हुने भएकाे छ ।

शुक्रबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकाेप्टरबाट बझाङ प्रस्थान गर्ने कार्यक्रम तय भएकाे हाे । उहाँले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री दाहाललाई भूकम्पबाट प्रभावित प्रतिनिधिमूलक ठाउँहरु देखाउने तयारी गरिएको बताउनुभएकाे छ ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ ।

जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य रहेकाे छ ।

 

 

 

Facebook Comments Box

Share Icon