Share Icon

१९ असाेज, काठमाडाैं । राप्ती सोनारी गाउँपलिकाकाे जनसंख्याको हिसाबले नेपालकै सबै भन्दा ठूलो गाउँपालिका हो ।

साेही गाउँपालिकाकाे जनसंख्या ५९ हजार ९ सय ४६ रहेकाे छ । कुल क्षेत्रफल १०४१.७३ वर्ग किलाेमिटर रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ ।

साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । गा.पा मा समावेश भएका साविक गा.वि.स. हरु–खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी रहेका छन् ।

राप्ती सोनारी गाउँपलिका-१ का वडा अध्यक्ष यम बहादुर खड्काले सिंचाइकाे काम टेन्डरमा जाने तयारीमा रहेकाे बताउनुभएकाे छ। अर्काे वर्ष सिंचाइकाे काम पूरा हुने पनि उहाँले बताउनुभएकाे हाे।सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तरकाे सुधार गर्ने प्रयास भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे । यस वर्ष ३० वटा  सुरक्षित आवास बनाउने याेजना रहेकाे पनि उहाँले बताउनुभयाे ।

साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे । कृषि क्षेत्रमा आधुनिक तरिकाले खेती  लगाउने गरिएकाे पनि उहाँले बताउनुभयाे । खानेपानीका लागि ४ वटा याेजना संचालनमा रहेकाे र ३ वटा याेजना चाहीं यहि वर्षभित्र पूरा हुने पनि उहाँले बताउनुभयाे । ९० प्रतिशत खानेपानीकाे काम पूरा हुने  पनि उहाँले बताउनुभयाे ।

वडाका सबै स्थानमा विद्युतकाे पहुँच रहेकाे पनि उहाँले बताउनुभयाे । पर्यटन क्षेत्रकाे सम्भावना  भएकाे तर बजेट अभावका कारणले गर्दा अगाडि बढाउन कठिन भएकाे उहाँकाे तर्क छ।  तर पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि याेजना भएकाे पनि उहाँले बताउनुभयाे ।

वैदेशिक राेजगारीमा जाने युवालाई राेक्ने प्रयास भइरहेकाे बताउनुभएकाे छ । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ । स्वास्थ्य क्षेत्र तुलनात्मक हिसाबले राम्राे भइरहेकाे पनि उहाँकाे भनाइ छ। विभिन्न प्रकारका स्वास्थ्य शिविरहरू पनि भइरहेकाे उहाँकाे भनाइ थियाे । साथै सडक बाह्रै महिना संचालन भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे ।

साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर १ लाई पालिकाले ८५ लाखकाे बजेट सिलिङ गरेकाे तर यसमध्ये १८ लाख नआउन पनि सक्ने उहाँले बताउनुभयाे। अन्त्यमा निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्य रहेकाे उहाँकाे दावी छ ।

Facebook Comments Box

Share Icon