Share Icon

१९ असाेज,काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा फेरी कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले शुक्रबार बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म कर्फ्यु आदेश आदेश जारी गरेको हाे । गत मंगलबारबाट लगाइएको कर्फ्यु बिहिबार आंशिक रुपमा खुकुलो बनाइएको थियो । तर सामाजिक सञ्जालमा मुस्लिम समुदायमाथि लक्षित गरेर लेखिएको स्टाटसप्रति पुन विवाद भएपछि स्थानीय प्रशाशनले कर्फ्यु आदेश जारी गरेको हो ।

कुनै ब्यक्तिले सामाजिक सञ्जालमा मुस्लिम समुदायप्रति लक्षित गरेर स्टाटस लेखेको विषयलाई लिएर नेपालगञ्जमा तनाव उत्पन्न भएको हो । गत आइतबारयता नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक पनि गरेको थियो ।

Facebook Comments Box

Share Icon