Share Icon

१९ असाेज, काठमाडाैं । माहाकुलुङ गाउँपालिका नेपालका ७ सय ५३ स्थानीय तहमध्ये एक हो ।

यो प्रदेश नं‍. १ को सोलुखुम्बु जिल्लामा पर्छ । तत्कालिन बुङ, छेस्काम र गुदेल गाविस समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हाे । मेरापिक, सिलुछो डाँडा, केन्पा डाँडाको तीनतिर सीमा रहेको यो गाउँपालिका ६४८.०५ वर्ग किलो मिटरमा फैलिएर २७‌.३७’ देखि २७‌.६२’ उत्तरी अक्षांश र ८६.५०’ देखि ८६.८४’ पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

वि.सं. २०६८ को जनगणना अनुसार ११ हजार ४ सय ५२ जनसंख्या रहेको यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिका, उत्तरमा खुम्बुपासाल्हामु गाउँपालिका तथा दक्षिणमा खोटाङ र भोजपुर जिल्लासँग जोडिएको छ ।

२७ फाल्गुन २०७३ मा स्थापित यस गाउँपालिकाको केन्द्र साविकको बुङ गाविस कार्यालयमा राखिएको छ । किरात, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेको यहाँ किरात समुदायको बाहुल्यता रहेको छ ।

माहाकुलुङ गाउँपालिका-१ का वडा अध्यक्ष पर्खिधन राईले दाेस्राे वर्षकाे बजेट कार्यन्वयनकाे क्रमम रहेकाे बताउनुभएकाे छ । उहाँले वडा खबरसँग कुरा गर्दै वर्षाका कारणले सडक बिग्रिएकाे स्थानमा सरसफाई गर्ने काम भइरहेकाे बताउनुभएकाे हाे ।

सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तरकाे कसरी सुधार गर्ने भन्ने प्रयास भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे । शिक्षक दरबन्दीकाे व्यवस्था गरिएकाे पनि उहाँले बताउनुभयाे । स्वास्थ्यमा राम्राे भएकाे बताउँदै उहाँले १५ शैयाकाे अस्पताल निर्माणकाे काम अन्तिम चरणमा रहेकाे उहाँकाे भनाइ छ।

यस ठाउँमा  साँस्कृतिक रूपमा  पनि महत्वपूर्ण रहेकाे बताउँदै उहाँले पर्यटन क्षेत्रलाई अघि बढाइएकाे बताउनुभयाे । सीमित बजेटका कारणले गर्दा विकास निर्माणका याेजनाहरूलाई पूरा गर्न कठिन हुने पनि उहाँकाे तर्क छ । वडामा खानेपानी भएकाे तर सबै जनताकाे घरमा पुर्याउन  बाँकी रहेकाे उहाँकाे भनाइ छ । माइक्राे हाइड्राे पावर कम्पनीबाट विद्युतकाे  वितरण गरिएकाे पनि उहाँले जानकारी दिनुभएकाे छ ।

साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे । कृषि क्षेत्रमा परम्परागत तरिकाले नै खेती  लगाउने गरिएकाे पनि उहाँले बताउनुभयाे ।

वैदेशिक राेजगारीमा जाने युवालाई राेक्नका लागि युवा लक्षित कार्यक्रमहरू भइरहेकाे उहाँले बताउनुभएकाे छ । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ । साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर १ लाई पालिकाले ८० लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष राईकाे दावी छ ।

 

 

Facebook Comments Box

Share Icon