Share Icon

हस्ता विष्ट 

१५ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा लक्ष्मी प्रसाद अधिकारी ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ ।

वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयोे ।

उहाँले भन्नुभयो, ” शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नको लागि वडामा रहेको सामुदायिक विद्यालयमा दरबन्दि नपुगेको ठाउँमा दरबन्दिको व्यवस्था गर्ने कामहरु वडाबाट गरेका छौ । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडाको विभिन्न टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर विभिन्न रोगहरुको परिक्षण गर्ने काम सम्पन्न गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” कृषिको क्षेत्रमा कृषिलाई प्रर्वधन गर्नको लागि विभिन्न तरकारीको विउँ विजन वितरण गरेका छौ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सिलाई कटाईको तालिम सञ्चानल गरेको छौ । ”

त्यसै गरी वडामा रहेका गरिब तथा विपन्न वर्गका मानिसहरुलाई कुखुराको चल्ला वितरण गरेको र खरले छाएको छानालाई जस्ताको पाता वितरण गरेको वडा अध्यक्ष अधिकारीको भनाई छ ।

उहाँले भन्नुभयो,  ” विद्युतको क्षेत्रमा मर्मत सम्भार गर्ने कामहरु अगाडि बढाईरहेको छ । त्यसै गरी कृषि भेटेनरी मार्फत वडाको टोल टोलमा गएर पशु पन्क्षिहरुलाई औषधि वितरण गरेको वडा अध्यक्ष अधिकारीको भनाई छ । ”

वडा अध्यक्ष अधिकारीले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाइरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon