शिक्षालाई पहिलो प्राथमिकता दिदैं वडा अध्यक्ष खत्री

♠ हस्ता विष्ट
१५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित दोर्दी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष गणेश बहादुर खत्री स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
दोर्दी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष गणेश बहादुर खत्री वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष गणेश बहादुर खत्री ।
वडा अध्यक्ष खत्री भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” बाटो सडकको स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु भईरहेको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नको लागि वडामा रहेका सामुदायिक विद्यालयमा बाहिरबाट जनावरहरु आउन रोक लगाउन तार जालि लगाउने कामहरु गरेको वडा अध्यक्ष खत्रीको भनाई छ ।
उहाँले भन्नुभयो, ” स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य चौकीको मर्मत सम्भार गर्ने काम गरेका छौ । खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि तीव्र गतिमा काम अगाडि बढाईरहेका छौ । ”
त्यसै गरी धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणको लागि विभिन्न मठन्दिरहरुको निमार्ण गर्ने कामहरु भईरहेको वडा अध्यक्ष खत्रीले प्रष्ट पार्नुभयो । महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको छौ ।
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्ष खत्रीले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु धेरै रहेका छौ , ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको छौ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।