Share Icon

१८भदाै,काठमाडाैँ । नेपालको संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने यो नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्रो नगरपालिका हो । दाङ जिल्लाको देउखुरी उपत्यकाको वीच भागमा पर्ने यो नगरपालिकाको केन्द्र लमही वजार जिल्ला सदरमुकाम घोराही वाट करिव २५ किलोमिटरको दुरीमा पर्छ ।

नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८को जणगणना अनुसार यस नगरपालिकामा १२,४८२ घरपरिवार वसोवास गर्दछन् । नगरपालिकाको कुल जनसंख्या ५८,८८४ रहेको छ । जसमा पुरूषको संख्या २८,२५७ र महिलाको जनसंख्या ३०,३२७ रहेको छ ।

यो क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरको उचाइमा छ । यस लमही नगरपालिका लार्इ पूर्व पश्चिम राजमार्गले करिव करिव वीच भागवाट छेडेर गएको छ । हाल यस नगरपालिकाको पूर्वमा राप्ती गाउँपालिका, उत्तरमा घोराही उपमहानगरपालिका, पश्चिममा बाँकेको राप्ती सोनारी गाउँपालिका र दक्षिणमा राजपुर र गढवा गाउँपालिका पर्दछन् ।

लुम्निबी प्रदेश दाङ जिल्लामा अवस्थित लमही नगरपालिका वडा नं. १ का वडा अध्यक्ष भिम बहादुर मगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

लमही नगरपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भिम बहादुर मगर ।

वडा अध्यक्ष मगर भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष मगरले बताउनुभयोे ।

वडा अध्यक्ष मगरले भन्नुभयो, वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु गरेका छौँ ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ”वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेका छौ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष मगरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ । ”

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष मगरले बताउनुभयो ।

वडा अध्यक्ष भिम बहादुर मगरले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर  १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon