‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा

Share Icon

११ साउन,काठमाडौँ । विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो । बीस वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नु पर्ने छ ।

विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने चलचित्रलाई एक लाख, दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ । कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“चलचित्र सिर्जनात्मक विधा भएको र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित निर्माण प्रतिष्पर्धा गर्दैछौँ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.