१८ वैशाख,तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु हुनुभएका उहाँ आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किनुभएको परिवारले जनाएका छन् ।
भिरको रुखमा अड्किएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकको टोली र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिगएको संयुक्त टोलीले शवलाई भिरबाट बाहिर निकालेको थियोे ।
स्थानीयवासीको सहयोगमा साढे तीन घण्टाको प्रयासपश्चात् मृतक थापाको शवलाई सुरक्षित साथ भिरदेखि करिब दुई सय मिटर तल समथर भूभागबाट निकालिएको प्रहरीले जनाएको छ ।
घटनास्थलको मुचुल्काका साथै प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो
Related posts:

पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइयो

शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

बडादशैंको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिंदै

नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै

