गेरूवा गाउँपालिका वडा नम्बर २ ले विकासको फड्को मार्दै

Share Icon

३ पाैष, काठमाडाैं । पछिल्लो समय गेरूवा गाउँपालिका वडा नम्बर २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडाध्यक्ष कृष्ण थारू अहोरात्र खटिरहनु भएको छ ।

वडाध्यक्ष थारूले पछिल्लो समय भएको विकासले वडाको स्वरुप नै परिवर्तन भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, तटबन्धन लगायतको क्षेत्रमा पारित भएका योजना तथा कार्यक्रमहरु निरन्तरता दिइएको छ, यी क्षेत्रमा छुट्याइएको बजेटअनुसार काम भइरहेको छ ।’

वडाध्यक्ष थारूले कर्णाली नदीले वडामा वर्षेनी क्षति गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘क्षति न्युनीकरणका लागि कर्णाली नदीमा तटबन्धनको काम भइरहेको छ, वर्खायाममा हामीलाई कर्णाली नदीले धेरै नै सताउने गर्छ।’

उहाँले वडामा शिक्षा, स्वास्थ्य, कृषि, सडक र खानेपानीलाई विशेष जोड दिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘यो वडामा कृषिलाई बढी प्रथामिकता दिइएको छ, जसको लागि यो वडामा रहेको प्रिय नमुना माविमा प्राविधिक शिक्षाको साथै कृषि बारेमा वृहत जानकारी दिन पढाइ भइरहेको छ ।’

वडाध्यक्ष थारूले वडामा छोरी बचाउँ कार्यक्रम कार्यक्रम पनि सञ्चालन गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘छोरीलाई गर्भमै मार्नु हुन्न भनी ५ हजार सुत्केरी भत्ता र जन्मिएको छोरीको नाममा खाता खोलेर केही पैसा जम्मा गरी दिने गरेका छौँ। जसले त्यो पैसाले भोलि छोरीलाई पढ्न सजिलो होस् ।’

उहाँले जंगलको नजिक यो वडा भएकोले जंगली जनावरले पनि वडावासीलाई सताउने गरेको जानकारी दिनुभयो । वडाध्यक्ष थारूले भन्नुभयो, ‘जंगली जनावरको भयले रातिको समयमा वडावासीहरुलाई हिडडुल गर्न समस्या हुन्छ, त्यो समस्यालाई निराकरण गर्न वडाले बिजुली बत्तीमा २ लाख बजेट छुट्याएको छ।’

उहाँले जेष्ठ नागरिकलाई वडाले सिफारिस गरेर बैकबाट छिटो छरितो भत्ता उलब्ध गराइ दिने वातावरण मिलाएको बताउनु भयो ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण २ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.