बढैयाताल वडा नम्बर ५ ले विकासकाे फड्काे मार्दै

Share Icon

काठमाडाैं । बर्दियाकाे बढैयातालस्थित वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष तुलाराम थारु ।

वडा नम्बर ५ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा याेजनाहरू अगाडि बढाउनु भएकाे छ ।

वडा अध्यक्ष थारूले भन्नुभयाे, ‘वडाकाे चौतर्फी विकासकाे लागि विभिन्न कार्यक्रम तथा याेजनाहरू अगाडि बढाइएकाे छ,  शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेकाे छ।’

उहाँले किसानका लागि सिँचाईको व्यवस्था गर्न पनि याेजना बनाइएकाे बताउनु भयाे । त्यस्तै उहाँले नाला सरसफाइ गराई सबै खेतमा पानी पुर्याउने व्यवस्था पनि गरिएकाे बताउनुभयाे ।

त्यसैगरी उहाँले सडक मर्मतकाे काम पनि भइरहेकाे बताउनु भयाे । त्यस्तै उहाँले आफ्नो वडालाई सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता गर्नुभयाे ।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । शिक्षा तथा  विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण वडामा चेतनाको स्तर बढेको छ ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ५ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.